४ राउन्ड हवाई फायर गरेर गाडीसहित काठ नियन्त्रणमा

524

चन्द्रपुर । रौतहटको नुनथर क्षेत्रबाट सालको चिरान गरिएको काठ र गाडी बरामद भएको छ । राती १२.३० बजेको समयमा पौराइ सब-डिभिजन बन कार्यालय अन्तर्गतको नुनथर क्षेत्रबाट अबैध रुपमा बा.१६ च २२३३ नम्बरको बलेरो पिक अपमा सालको ४६ थान ,करिब ५३.८२ क्यु.फिट काठ बरामद भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । डिभिजन बन कार्यालय रौतहटबाट सहायक बन अधिकृत अमर देव प्रसाद यादबको कमान्डमा खटिएको टिलिले नियमित गस्तीका क्रममा गाडीसहित काठ बरामद गरेको वन कार्यालयले जनएको छ । टोलिले गाडी र काठ नियन्त्रणमा लिनको लागि चार राउण्ड गोलि हवाइ फायर समेत गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए ।