मेयर कप करातेमा सुदुरपश्चिम बन्यो टिम च्याम्पियन

1160
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण सहित प्रदेश नं १ त्रितिय हुन सफल भएको छ ।
हरेक तौल समुहमा प्रथम हुने खेलाडीले नगद तीन हजार दोस्रो हुने खेलाडीले नगद दुइ हजार र तेस्रो हुने खेलाडीले नगद एक हजार हात पारेका थिय । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको २५ किलो तौल समुहमा सुदुर पश्चिमका सोनाम तामाङ प्रथम भएका थिय भने सोही तौल समुहमा गण्डकी प्रदेशका रोमन नेपाली द्धितिय र बागमती प्रदेशका बिजय थापा मगर र प्रदेश नं १ का मिण्डे शेर्पा त्रितिय हुन सफल भएका थिय । ३० किलो तौल समुहमा सुदुर पश्चिमका संन्देश लामा प्रथम ,गण्डकी प्रदेशका संदिप रुचाल द्धितिय प्रदेश नं १ का मुन्दुगं र बागमती प्रदेशका अंकित गुरुगं त्रितिय हुन सफल भएका थिय । ३५ किलो तौल समुहमा सुदुर पश्चिमका राकेश मानन्धर प्रथम प्रदेश नं २ का मनिष मगर द्धितिय र दिछान्त गुरुङ आयोजक र मनिष कार्की लुम्बीनी प्रदेश त्रितिय भएका थिय । ४० किलो तौल समुहमा सुदुर पश्चिमका सुनिल ठगुन्ना प्रथम बागमती प्रदेशका अमृत कुमाल द्धितिय र लुम्बीनी प्रदेशका अनिष सापकोटा र कर्णाली प्रदेशका बिनोद सलामी मगर त्रितिय भएका छन् । ४५ किलो तौल समुहमा बागमती प्रदेशका रोषन खाती प्रथम सुदुर पश्चिमका साजन भुजेल द्धितिय र कर्णाली प्रदेशका कमल बुढा र गण्डकी प्रदेशका लक्ष्मण पुन त्रितिय भएका छन् । ५० किलो तौल समुहमा प्रदेशनं १ का धनकुमार राई प्रथम बागमती प्रदेशका संजित तामाङ दोस्रो र प्रदेश नं २ का बिसाल सिंह ,गण्डकी प्रदेशका अभिषेख कुमाल त्रितिय भएकाछन् ।
५५ किलो तौल समुहमा बागमती प्रदेशका सुबिन खत्रि प्रथम लुम्बीनी प्रदेशका प्रलाद पाण्डे द्धितिय कर्णालीका प्रकाश सलामी मगर र प्रदेश नं २ का मुकेश मारिक त्रितिय भएका थिय । ६० किलो तौल समुहमा प्रदेश नं २ का स्वतन्त्र मगर प्रथम ,प्रदेशनं १ का जेपी राई द्धितिय ,बागमती प्रदेशका सुजन मगर ,गण्डकी प्रदेशका मनोज श्रेष्ठ त्रितिय भएका छन् । ६७ किलो तौल समुहमा प्रदेशनं २ का सरोज पासवान प्रथम ,प्रदेशनं १ का क्रितन राई द्धितिय ,लुम्बीनीका प्रतिक कुवर र बागमतीका रोजन ठकुरी त्रितिय भएका थिय । काता तर्फ प्रदेश २ का बब्लु राईन प्रथम भएका छन् काता तर्फ कर्णालीका गोपाल गुरुगं द्धितिय र बागमतीका रेहन जावेद र गण्डकीका प्रभात पुन त्रितिय भएकाछन् । प्रतियोगिताको उत्कृष्ठा खेलाडी प्रदेश २ का स्वतन्त्र मगर घोषित भएका थिय ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरी ,उप प्रमुख रामरती चौधरी ,नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ लगाएतका नगद पुरस्कर तथा मेडल प्रमाणपत्र वितरण गरेका थिय । प्रतियोगिता चन्द्रनिगाहपुर स्थित तुलसी लाल स्मृती खेल मैदानमा सम्पन्न भएको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडले जानकारी दिए ।