https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । नव विकास बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७७/७८ को अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । पटक पटक प्रदेश नं. २ को उत्कृष्ट संस्थाको सम्मान पाउदै आएको नव विकास साकोसको समिक्षा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देव बहादुर सापकोटाको अध्यक्षता मा सम्पन्न भएको भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर तामाङ प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव राजेन्द्र तिवारीले गर्नु भएको थियो । संस्थाको हाल कुल सदस्य संख्या २१०० कुल शेयर पुँजी २ करोड कुल बचत १६ करोड र लगानी १६ करोड २० लाख रहेको छ भने संस्थाको कुल कारोबार २१ करोड को रहेका छ ।