सिंगौल फुटबल क्लव ए तेस्रो निजगढ मेयर कप फुटबलको सेमिफाईनलमा

424


सिंगौल फुटबल क्लव ए तेस्रो निजगढ मेयर कप फुटबलको सेमिफाईनलमा
नवराज चौलागाईं,
निजगढ,०६ फाल्गुन ।
सिंगौल फुटबल क्लव ए तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकोछ । बिहिबार सम्पन्न पहिलो क्वार्टरफाईनलमा निजगढ सिटी क्लवलाई ३—२ गोल अन्तरले पराजित गर्दै सिगौल सेमिफाईनलमा प्रवेश गरेकोहो ।
सिंगौलको जितमा रोशन थापाले खेलको ५ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएकाथिए । प्रतिस्पर्धात्मक खेलमा निजगढ सिटीका बुद्धिमान भुलोनले ४० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको खेल बराबरीमा सकिएको खेलको ६५ औ मिनेटमा सिंगौलका सब्सिच्युट खेलाडी अर्बिन थापाले गोल गर्दै सिंगौललाई पुनः अग्रता दिलाए । सिंगौलले अग्रता बनाएको ३ मिनेट मै प्राप्त गरेको कर्नरमा सब्सीच्युट खेलाडी सन्दिप खुलालले हेड मार्फत गोल गर्दै सिंगौललाई ३–१ को अग्रता दिलाए । खेलको ७८ औ मिनेटमा सिंगौलको डी बक्स भित्र निजगढ सिटीका खेलाडीलाई फल गरेपछि निजगढ सिटीले प्राप्त गरेको पेनाल्टीमा बुद्धिमान भुलोनले निजगढ सिटीकालागि दोश्रो गोल गरे । तर खेलको अन्त्यतिर सिंगौलले सुरक्षा पंक्तिलाई मजबुत बनाएपछि निजगढ सिटी खेलमा फर्कन सकेन र खेल सिंगौलले ३—२ ले आफ्नो पक्षमा पार्दै सेमिफाईनलमा प्रवेश गर्यो । खेलमा निजगढ सिटीका सृजन गौतमले पहेलो कार्ड पाएकाथिए ।
खेलको म्यान अफ द म्याच निजगढ सिटीका सिजल तिमल्सीना भए । प्रतियोगिता अन्तर्गत दोश्रो क्वार्टरफाईनलमा शुक्रबार रतनपुर युनाईटेड युथ क्लव र हिमाल युवा क्लव बीच प्रतिस्पर्धा हुनेछ । रतनपुर पहिलो चरणमा नमोबुद्ध आधुनिक क्लवलाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेकोहो भने हिमाल सिंगौल फुटबल क्लव बी लाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेकोहो । खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० देखि हुनेछ। प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ