रौतहटमा सशस्त्र प्रहरीले २५ लाख बराबरको राडो घडी बरामद

141

रौतहटमा सशस्त्र प्रहरीले २५ लाख बराबरको राडो घडी बरामद गररेको
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरका डिएसपी प्रमोद भारतीले जानकारी दिए । बरामद घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ ।

खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए