चन्द्रनिगाहपुरको नापी कार्यालयमा डिजिटल प्रविधिको थालनी सेवाग्राही हर्षित

743

रौतहट ३० माघ रौतहटको चन्द्रनिगाहपुरमा रहेका नापि कार्यालयले डिजिटल प्रविधिबाट कार्य थालनी गरेको छ । नापि कार्यालयका अधिकृत संजय साह आउनु भएपछि सो कार्यालयमा सेवाग्राहीको काम धमाधम डिजिटल प्रविधिबाट शुरु गरिएको नापि कार्यालयका अधिकृत सजय साहले बताउनु भयो । साहले सेवाग्राहीहरुलाई कुनै किसिमको काममा अबरुद्ध नभएको दावी समेत गर्नु भयो । कार्यलयबाट डिजिटल प्रबिधिबाट फुल नक्सा ,फाईल नक्सा कम्प्युटर प्रणलीबाट दिन लागेको अधिकृत साहले बताउनु भयो । साहलाई चन्द्रनिगाहपुर नापि कार्यालयमा आएको २ वर्ष नपुग्दै नापि कार्यालयका अवस्था सुधार हुदै गएको स्थानिय, तथा सेवाग्राहीहरुको भनाइ रहेको छ ।