हेटौंडामाझडप,अनेरास्ववियुका बिद्यार्थी नेता शिवाकोटी पक्राउ

203

मकवानपुर । हेटौंडामा प्रहरी र प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता बीच झडप भएको छ ।हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।आज गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि प्रहरी संग भनाभन भएको थियो  ।

झडप भएपछी प्रहरीले अनेरास्ववियुका बिद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।
हेटौंडामा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता आक्रामक बन्दै गएका छन् । उनीहरुले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।प्रहरीले आज विहान बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई केही घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।