https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुरको मुनलाइट एकेडेमीमा कार्यरत शिक्षक मणी कुमार प्रधान (माइकल) को मृगौला प्रत्यारोपणको लागि चन्द्रपुर प्याव्सन नगर कमिटीले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम प्रधानको नेपाल एसबिआइ बैंकमा रहेको खातामा जम्मा गरिदिएको प्याव्सन प्रदेश नम्बर २ का महासचिव तथा बाल निकेतन मा.वि. का कार्यकारी निर्देशन दिपक रेग्मीले जानकारी दिनुभयो । उहाँले विद्यालयहरुको तर्फबाट सो रकम जम्मा गरिएको जनाउँदै प्याव्सन आवद्ध विद्यालयमा कार्यरत शिक्षक , विद्यार्थी, कर्मचारी तथा आम सर्वसाधरणलाई प्रधानको उपचारको लागि आफुले सकेको सहयोग गर्न अपिल गर्दै प्रधानको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
साथै सहयोगको लागी नेपाल एस बि आइ बैकंमा मणि कुमार प्रधान को नाम रहेको खाता नः २३९१५२४१४०१९३५ मा जम्मा गर्न सकिन्छ ।
