मिनि बससहित सालको काठ बरामद

434

चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटले मिनि बस सहित काठ पक्राउ गरेको छ । सोमबार बिहान जिल्लाको चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलिले बा १ ख ६४४२ नम्बरको मिनि बसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा करिब ५६ क्युफिट सालको काठ बरामद भएको डिभिजन वन अधिकृत बिनोद सिंहले जानकारी दिए । पौराइ सब डिभिजन अन्तर्गतको वन क्षेत्रबाट चिरान गरि मिनि बसमा राखेर तस्करी गर्ने योजना तस्करहरुको रहेको भएपनि सहायक वन अधिकृत राम प्रसाद साह,सुरेश प्रसाद महतो र अधिकृत मधुकान्त सिह समेतको गस्ती टोलिले तस्करको योजना बिफल बनाएको अधिकृत सिंहले जानकारी दिए । काठ र बस पक्राउ गरिएपनी तस्कर भने फरार भएको उनले जानकारी दिए ।