नवबिकाशले मनायो १३ औं स्थापना दिवस

600

चन्द्रपुर । नव विकास बचत तथा ऋण सहकारीको संस्थाले आफ्नो  १३ औं बार्षिक उत्सव क मनाएको छ ।  प्रदेश २ कै उत्कृष्ठ सहकारी   संस्था  समेत बन्न सफल नवबीकासले   सामना शक्ति बिकाशको लागी सदभाबपुर्ण सहकार्य भन्ने मुल नाराका साथ स्थापना भएको १३ बर्षको उपलक्ष्यमा उक्त सहकारी संस्थाले बुधबार स्थापना दिवश मनाएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले बचत तथा ऋण सहकारी संस्थाहरुको बिकासको लागी जुनसुकै सहयोग गर्न तत्पर रहेको बताइन ।
सहकारीको मुल्य मान्यता र मर्म अनुसार नै नब विकास साकोसले काम गरेको कारणले गर्दा नै प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा घोषित भएको अध्यक्ष नेपालले बताइन् । रौतहटमा रहेको सबै सहकारी संस्थाहरुको आर्थिक, समाजिक र कर्मचारीहरुको क्षमता विकासको लागी सहयोग गर्न संघ तत्पर रहेको समेत अध्यक्ष नेपालको भनाइ थियो । यसैगरी सोही संस्थाका संस्थापक अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष खडग बहादुर बम्जनले नव विकास सहकारी प्रदेश मै उत्कृष्ठ हुनुले खुशी तुल्याएको बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बराल,नव विकास साकोसका सल्लाहकार दुर्गा प्रसाद चिमरिया लगायतले उक्त संस्थाको सफलताको शुभकामना दिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देब बहादुर सापकोटाले सहकारीको भावना अनुसार नै चलेको हुदा नव विकास साकोस प्रदेश मै उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको बताए । संचालक तथा कर्मचारीहरुले निस्वार्थ रुपमा काम गरेको र नेपाल सरकारले बनाएको निति अनुसार नै चलेको हुदा बिगत ३ बर्ष देखी नव विकास सहकारी संस्था प्रदेश २ मै उत्कृष्ठ हुन पुगेको अध्यक्ष सापकोटाले बताए ।संस्थाका सचिब राजेन्द्र कुमार तिवारीको संचालनमा भएको उक्त कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार बिपिन गौतम,संचारकर्मी, संस्थाका संचालक समितिका पदाधिकारीहरु,बिभिन्न उपसमितिका सदस्यहरु,शेयर सदस्यहरुको सहभागिता रहेको थियो । अध्यक्ष सापकोटाले उक्त कार्यक्रममा आएका अतिथिहरुलाइ मायाको चिनो प्रदान गरेका थिए ।