राप्रपा नेपालले रौतहटमा बढाउदै आफ्नो साङठानिक गतिविधि

1063

चन्द्रपुर । रौतहटमा राप्रपा नेपालको २१ सदस्यीय कार्यदल गठन भएको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले २१ सदस्यीय कार्यदल गठन गरेको हो । राप्रपा नेपालका केन्द्रिय महामन्त्री सम्राट सिंह सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश चौधरी र रौतहटका जिल्ला अध्यक्ष बिष्णु बहादुर थापाको आतिथ्यता रहेको थियो । सनातन धर्म सहितको राजसंस्था,निसुल्क स्वास्थ र शिक्षा,भ्रस्टाचार शून्य समाजको नारा अबलम्बन गरेको राप्रपाले रौतहटमा आफ्नो गतिविधि बढाउने लक्ष्य सहित २१ सदश्यको टिम गठन गरेको रौतहट अध्यक्ष थापाले जानकारी दिनुभयो ।