होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा लामा

800

चन्द्रपुर । होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा चयन हुनु भएको छ । उहाँ चन्द्रपुरमा रहेको होटल आरोहीका संचालक हुनुहुन्छ । रौतहटको चन्द्रपुरमा होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको भेलाले उहालाई अध्यक्षमा चयन गरेको हो । सभाले समितिको उपाध्यक्षमा सुरेन्द्र साह होटल हिमालयन , सचिव ः मदन तिमल्सिना होटल हाईवे हेवन , कोषाध्यक्ष बसन्ती चौधरी होटल माउण्टेन यारिभा , सदस्यहरु शिव राम राउत होटल न्यू पशुपती , मैनुद्दिन अन्सारी अमन होटल , राजिनन्द साह गौतम होटल एण्ड रेष्ट्रो , आवरण न्यौपाने नमस्ते फुडल्याण्ड , सुमन अधिकारी होटल शुदर्सन लगायतका होटल ब्यवसायी चयन हुनु भएको हो । लामो समयसम्म बन्दाबन्दीले गर्दा होटल व्यवसायीहरु मारमा परेकाले सरकारले बिशेष राहत ब्याकेजको ब्यवस्था गर्नु पर्ने ब्यवसायीहरुको माग छ ।