चन्द्रपुर ,१८ कार्तिक । चन्द्रपुर ९ नजरपुरमा श्री कृष्ण महिला सहकारी संस्था लिमिटेडको भवनको उदघाटन भएको छ । मंगलबार एक कार्यक्रमका बिच महिला सहकारीको भवन रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमलसिनाले गर्नुभएको हो ।

भवन उद्धाटन गर्दै सांसद तिमलसिनाले महिला सहकारीले आफ्नै भवन बनाएर कार्यालय संचालन गर्नु ठुलो उपलब्धि भएको भन्दै सो सहकारीको प्रशंसा गर्नुभयो । उहाँले सहकारीको मुल्य र मान्यता अनुसार सबै सहकारी चल्न सकेमा सबै क्षेत्रका जनता लाभान्वित हुने धारणा राख्नुभयो ।