चन्द्रपुर । सयौं बालबालिकालाई शिक्षा दिने बिद्यालयका हेडमास्टर(प्रधानाध्यापक) नै ठगी मुद्दामा पक्राउ परेका छन । रौतहटको चन्द्रपुर नपा ६ मोथियाही स्थित श्री आधारभुत बिध्यालयका प्र.अ लालबाबू कर्ण ठगी आरोपमा प्रहरिको फन्दामा परेका हुन । पेसागत मर्यादा बिपरित कार्य गर्दै आएका कर्ण चन्द्र सुर्य बचत तथा ऋण सहकारीका अध्यक्ष हुन । उनी अध्यक्ष भएको संस्थाले बचतकर्ताको बचत फिर्ता नदिने र सहकारिको मूल्य मान्यता बिपरित कार्य गर्दै सयकडा ३ देखि ६ रुपैयाँ सम्म ब्याजमा संस्थाको नीति बिपरित मिटरब्याजमा पैसा लगानी गर्ने गर्ने गरेको र बिद्यालयको प्रधानाध्यापक भएको धाक धम्कि दिदै आर्थिक अपचलन गर्दै आएकाले पक्राउ परेको प्रहरी श्रोतले जनाएको छ । कर्ण यसअघि पनि बिद्यालयमा आएको दिवा खाजा कार्यक्रमको रकम हिनामिना गर्ने ब्यक्ती हुन । तत्कालिन चन्द्रपुर नगरपालिकाका शिक्षा प्रमुख,बर्तमान निमित्त प्रसासकिय अधिकृत कृश्न सिग्देलको प्रसय पाएका उनले धेरै अनियमितता गरेको स्थानिय अभिभावकहरुको आरोप छ । उनी हाल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा छन भने उन्लाई छुटाउन विभिन्न दलका नेताकार्यकर्ता लागि परेको समाचार श्रोताले जनाएको छ ।
ठगी आरोपमा हेडमास्टरनै पक्राउ
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg