https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
रौतहट २९,असोज
रौतहटबाट प्रहरीले आधा किलो गाजासहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेडवा खोर टोल बस्ने तपसी दासको २२ बर्षीय छोरा संजय दास छन्। कटहरिया नगरपालिका वडा नं ५ पानी टयाङकी स्थित भसेडवा सडकखण्डमा चेकजाचको क्रममा संजय दासले झुण्डयाई ल्याएको रातो रंगको ब्याग भित्र प्लाष्ट्रिकको झोलामा लागु औषध गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।पक्राउ परेका दासमाथी लागू औषध सम्बन्धि मुद्दा दर्ता गरि जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गराई अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिनुभयो।