सदरमुकाम गौरमा मिडियाकर्मीहरुको २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

707
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट २० असोज । रौतहटको गौरमा पत्रकार तथा मिडियाकर्मीहरुको २ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम गरिएको जनाइएको छ । सोमबारदेखि सञ्चालन भएको सो कार्यक्रम रिपोर्टस कल्व रौतहटको सभाहलमा सम्पन्न भएको हो । न्यायिक समितिका अधिवक्ता तथा कार्यक्रमका प्रशिक्षक धिरेन्द्र कुमार लाल दासले पत्रकार तथा मिडियाकर्मीको न्यायमा पहुँच हुन सकेमा व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएका बताउनु भयो । युएन डिपीको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, डिएसडब्लुसीएन संगको साझेदारी र सिपिसिएलसि धनुषा र एमएसवाईएन रौतहटको आयोजनामा दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील १५ जना पत्रकार तथा मिडियाकर्मीहरुको सहभागी रहेको थियो ।