रौतहटमा सामुदायिक बिध्यालय धमाधम संचालन हुँदै

282

रौतहट २१असोज
बिश्वब्यापी कोरोना महामारीको कारण लामोसमय देखि बन्दरहेको रौतहट स्थित सामुदायिक बिधालयहरु धमाधम संचालन हुनथालेको छ । फतुवा बिजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतको सबै सामुदायिक बिधालय अगामी २२ गतेदेखि संचालन हुने भएको छ । मन्त्रालयको निर्देशन अनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा बैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै मंगलबार बसेको बैठकको निर्णय बमोजिम अगामी २२ गते बिहीबार देखि सामुदायिक बिधालय संचालन हुने फतुवा बिजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले बताए ।बिगतको तुलनामा हाल बाताबरण सहज भएपनी कोरोना भाईरसको जोखिम यथावत रहेकाले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार फतुवा बिजयपुर नगरपालिका अन्तरगतका सामुदायिक सिकाई केन्द्रकोरुपमा प्रयोग गरिने छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरि कायम राखेर स्वास्थ मापदण्ड अनुसार प्रती कक्षाकोठामा २० जना विद्यार्थी राख्ने र मास्क सेनिटाईजर अनिवार्य प्रयोग गरिने फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादव द्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख रहेको छ । फतुवाका साथै गरुडा नगरक्षेत्र अन्तरगतका सामुदायिक बिधालयहरु २२ गतेदेखि संचालन हुने सूचना सार्वजनिक गरिएको छ । १८ स्थानीय तह मध्ये यस अघि चन्रपुर र गौर नगरपालिकामा रहेकोे सबै सामुदायिक बिधालय संचालन भैसकेको जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिएका छन ।