गरुडामा रौतहट युवा पिढी द्वारा दीप प्रज्ज्वल कार्यक्रम सम्पन्न

362

प्रमोद सहनी
गरुडा,२१ असोज
गरुडको मेथुर चौकमा बेलुकी सात बजे दीप प्रज्ज्वल कार्यक्रम आयोजना गीरएको छ ।
गत ०६ गते रौतहटको गढीमाई नगरपालिका १ कि १६ वर्षिय बालिकाको बृदाबन नगरपालिका ४ हरैयापल्टुवामा मामा घरमा बस्दै आएकि घास काटन गएकी बालिकालाई बलात्कार गरि निर्ममता पुर्वक विभत्सत हत्या गरी उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो।

उक्त पीडितको परीवारले न्यायको निम्ति प्रशासन प्रहरी लगाएतका सम्बन्धित निकायमा गुहार गर्दै आएका छन्।
घटना घटेको दुई साता बिति सक्दा पनि अपराधीलाइ समात्न नसकेकोले रौतहट यूवा पिढि द्वारा सन्झा साहकि न्यायको लागि र मृतक बालिकाको चिरशान्तिको लागि दिप प्रज्वलन तथा मिनेट मौन धारण गरेका हुन्।
उत्त कार्यत्रममा गरुडा नगरपालिका की उपप्रमुख रंगीला देवी जयसवाल,यूवाहरु दिलिप जयसबाल,अरुन सोनि धिरज यादव, यूराज मिखिया,सशि साह,रुपेश साह अनेरास्ववियु नेता राजु महतो , बृज यादव, सुसिला देवी ,रामजी साह, धर्मनाथ जयसवाल समाजसेवी तथा विभिन्न राजनीतिक लगायत दलका नेताहरु सहभागीता रहेको थियो ।

१०० औं यूवा बिद्यार्थीहरुको उपस्थितिमा रौतहट गरुडा मेथुर चौकमा रौतहट दिप प्रज्वल्लन कार्यक्रम सम्पन्न भएको हो। रौतहट यूवा पिढिको सदस्य अनुसार रौतहटमा हत्या बलात्कारको घटना चरणबद्ध रुपमा किन भइरहेको , न्याय नपाउनुको कारण बारे प्रश्न गरेका छन् । युवाहरुले सुरक्षा संयन्त्र फितलो भएका कारण दिनहु चरणबद्ध रुपमा यस्ता घटना हुदै आएको आरोप लगाएका छन्।
तत्काल अपराधीलाई कारवाहीको दाएरामा नल्याए यूवाहरु विभिन्न दवाब मुकल कार्यक्रम चरणबद्ध रुपले गर्ने प्रवीन यादवले बताए।