https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
रौतहट ,१६ असोज रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो ।
पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का राजुकुमार कांहारलाई रहेका छन् । शंका लागि चेक जाँच गर्दा कांहारले घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको नेपाली १५ लाख बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ।