बाघको आक्रमणबाट २ घाईते,भण्डारीको अवस्था अझै अज्ञात

1358

चन्द्रपुर,१४ असोज । रौतहटको रंगपुर साझेदारी वन क्षेत्रमा बाघको आक्रमणमा परि स्थानीय घाईते भएका छन् । बाघको आक्रमणमा परि चन्द्रपुरका दुई जना घाईते भएका छन भने एक जना अझै बेपत्ता रहेका छन् । मंगलवार जंगलमा घांस काट्न गएका चन्द्रपुर ६ चिम्नीटोलका २८ बर्षिय संगम भण्डारी हराएपछि खोज्न गएका हरु लाइ राति बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । स्थानीय संगम भण्डारी जंगलमा हराएपछि गाउका १०/१२ जना युवाहरु राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सत्यारी जंगलको तीनकुवा बन क्षेत्रमा बाघले आक्रमण गरेको उनिहरुले जानकारी दिए । बाघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको बताएका छन । बाघको आक्रमणबाट उनिहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ ।
हराएका भण्डारीको बुधवार बिहान सम्म अवस्था अज्ञात छ । उनलाइ पनि बाघले आक्रमण गरेको हुन सक्ने स्थानियले अनुमान गरेका छन ।
घाइतेहरु लाइ राति चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी अन्यत्र लैजान लागिएको स्थानिय युवा सहदेव केसीले जानकारी दिए । यता रंगपुर साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले जंगलमा बाघ देखिएको र हराएका भण्डारीको खोजीकार्य भईरहेको जानकारी दिए ।