चन्द्रपुर ।बिश्व रेबिज दिवसको अबसर पारेर रौतहटको चन्द्रपुर नगरपालिकाले र्याली निकालेको छ । चन्द्रपुर नगरपालिकाको पशु सेबा शाखाले बिश्वव रेबिज दिबस को अबसर पारेर रेबिज को बारेमा सचेतना फैल्याउने उद्देश्यले र्याली निकालेको शाखा प्रमुख खडक कुमार मैनालीले जानकारी दिनुभयो । र्याली चन्द्रपुर को विभिन्न चोक हुँदै मुख्य चोकमा सचेतनामुलक कार्यक्रम गरेर समापन भएको मैनालीले जानकारि दिनुभयो ।’ रेबिज अन्त्यको लागि सहकार्य र खोप “भन्न्ने नाराका साथ शाखाले सप्ताहब्यापी निसुल्क रेबिज खोप समेत लगाउने मैनालीले जानकारी दिनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरति चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल , वडा नं ६ का वडा अध्यक्ष खडक कुमार कुशवाहाको उपस्तिथि रहेको थियो । राैतहट जिल्लामा कार्यरत भेटेरीनरी प्राबिधिक र नेपाल पारा भेटेरीनरी एसोसिएसन रौतहटको सहयाेगमा र्यालीको कार्यक्रम राखिएको मैनालिले जानकारि दिनुभयो ।
