रौतहटमा पिसिआर प्रयोगशालाको उद्घाटन

652

रौतहट ०२ असोज
रौतहटको जिल्ला अस्पताल गौरमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको आज शुक्रबार उद्घाटन भएको छ । प्रयोगशालाको प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको हो ।संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको एकीकृत प्रयासवाट प्रयोगशाला स्थापना भएको हो । प्रयोगशाला स्थापनाका लागि रौतहटका १३ स्थानिय तहले आर्थिक सहयोग गरेको छ । कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको साउन ३० गतेको बैठकबाट भएको निर्णयानुसार पिसिआर परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा र राजपुर नगरपालिकाले पाँच लाखका दरले रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको छ ।सोहि बैठकबाट गरेको निणयनुसार श्री जय किसान पोलिटेक्निक इन्ष्टिच्यूट धरहरीमा ३ सय बेडको आइसोलेसन सेन्टर तयार भई संचालनमा रहेको समेत जनाएको छ । यसअघि कोरोना परीक्षणका लागि बिंरगंज, हेटौडा, जनकपुर र काठमाण्डौसम्म स्वाब पठाउनु पर्ने अवस्था रहेकोमा अब जिल्लामा कोरोना परीक्षण हुने जिल्ला अस्पताल गौरले जनाएको छ । रौतहटमा मा पीसीआर प्रयोगशाला स्थापना भएपछि छिमेकी जिल्लाका नागरिकलाई समेत सहज हुने भएको छ ।