प्याजमा कालोबजारी भईरहदा समेत हुदैन् अनुगमन

668

चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका हुन ।
जिल्लाका गौर,गरुडा,कटह्रीया र चन्द्रनिगाहपुरका प्याज बिक्रेताहरुले भारतले प्याज निर्यातमा प्रतिबन्द लगाएको सुईंको पाउनासाथ गोदाममा रहेको पुरानो प्याजको स्टकमा मनपरी मुल्य बढाएका हुन । प्याजको मुल्य आकासिएको भएपनि रौतहटमा नियमनकारी निकाय मौन बसेका कारण कोरोना महामारीबाट प्रताडित बनेका रौतहटबासी कोलोबजारी गर्न उद्धत रहेका व्यापारीका कारण झनै मारमा परेका छन् । व्यापारीहरुले केही दिन अघि ३० देखी ३५ रुपैयामा किनेर राखेका प्याज हाल आएर ९० देखी १ सय ३० रुपैया“मा समेत विक्री गरेको उपभोक्ताहरुको गुनासो छ ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको ध्यान नजा“दा सधैं उपभोक्ता मारमा पर्दै आएको प्रतिक्रिया दिए । उनले हरेक बर्ष चाडबाड नजिकिएसंगै कालोबजारीले प्रसय पाउने र उपभोक्ता सधैंझैं मारमा पर्ने रौतहटमा चलननै बस्न लागेको आरोप लगाए ।
यसबर्ष कोरोना भाई्रसको मारमा परेका उपभोक्ताहरुको भान्सामा कालोबजारी गर्ने व्यापारीहरुको समेत मार थपिएको छ । प्याजमा मात्र नभई सबै प्रकारका हरियो तरकारी,फलफुल, दैनिक उपभोग्य बस्तु देखी लिएर सबै प्रकारका उपभोग्य बस्तुहरुमा अघोषित मुल्यबृद्धि भईरहेको भएपनि नियामनकारी निकाय मस्त निद्रामा रहेको उपभोक्ताहरुको आरोप छ ।
केन्द्रीय बजार अनुगमन समिति, प्रदेश बजार अनुगमन समिति र स्थानीय बजार अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्थाअनुसार तत्काल दण्ड जरिवाना गर्ने अधिकार प्राप्त गरेको भएपनि चासो नदिएका कारण कालोबजारी बढेको र उपभोक्ता ठगिने क्रम नरोकिएको अधिबक्ता बिपीन गौतमले बताए ।