विजयरामको मृत्युको छानबिनका लागि गठित टोली र सञ्चारकर्मीबीच चन्द्रपुरमा अनौपचारिक अन्तरक्रिया

421

चन्द्रपुर,२४ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको मुत्यु कारणबारे गठित छानविन टोली र चन्द्रपुरका सञ्चारकर्मीबीच अनौपचारिक अन्तरक्रिया भएको छ । बुधबार ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा छानविन समितिका संयोजक उप—सचिब डोलेन्द्र निरौला,प्रदेश २ प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जयराम सापकोटा, रौतहटका अनुशंन्धान निर्देशक अभिनय कुमार सिंह र सञ्चारकर्मीबीच अन्तरक्रिया भएको हो ।
टोलीले रौतहट गरुडा ८ का निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय रामलाई प्रहरी हिरासतमा रहेका बेला यातना दिएको र उनको मृत्यु भएको घटनाको अनुसन्धान गर्नका लागि औपचारिक रुपमा अनुशंधान कार्य अगाडी बढाइसकेको अवस्थामा सञ्चारकर्मीहरुको राय बुझन् कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रियामा बरिष्ठ पत्रकार शिव पुरीले घट्ना कसरी घटेको हो या घटाईएको हो भन्ने विषयमा गहन अनुसन्धान हुनुपर्ने र दोषी उपर कानुन बमोजिम कडा कार्वाही हुनुपर्ने धारणा राख्नुभएको थियो । अन्तरक्रियामा गोरखापत्रका यादबराजपुरी,नेपाल समाचारपत्रका संजय कार्की,अन्नपुर्ण पोष्टका फणि महत,नयाँ पत्रिकाका अशोक पहाडी,राजधानी दैनिकका रमेश तिमलसिना,कारोबार दैनिकका सुब्बा कार्की,सौर्य दैनिकका प्रिमेश शिवाकोटी,न्यूज २४ का बालबिक्रम कार्की र एपीवान टिभिका सागर हुमागांईको सहभागिता रहेको थियो भने सहभागी सबैले गरुडा घट्नामा रौतहट प्रहरी केही प्रहरीकै कारण चुकेको हुनाले गहन अनुसन्धान गर्दै दोषीलाई कारवाही गर्नुपर्ने सुझाएका थिए ।