निजगढमा व्यवसाय संचालन गर्नकालागी नगरपालिकाको छुट्टै कार्यविधि

461
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

नवराज चौलागाईं,
निजगढ,१८ भाद्र ।
कोरोना भाईरस संक्रमणको जोखिमबाट बच्न जिल्ला प्रशाशन कार्यालय बाराले जारि गरेको निषेधाज्ञा खुकिलो भएसंगै निजगढ नगरपालिका क्षेत्रमा व्यवसाय संचालन गर्नकालागी नगरपालिकाले कार्यविधि निर्माण गेरर सोहि अनुसार व्यवसाय संचालानाकोलागी निर्देशन गर्ने भएकोछ । कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढको बिहिबार सम्पन्न बैठकले नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार व्यापार व्यवसाय संचालन गर्न दिईने निर्णय गरेकोछ ।
बैठकले व्यापार व्यवसाय संचालनको क्रममा कोरोना भाईरस जोखिम न्यूनीकरण गर्नकालागी तोकिएको मापदण्ड र नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप व्यवसाय संचालन गरे नगरेको अनुगमन गर्न अनुगमन समितिको समेत गठन गरेकोछ। निजगढ नगरपालिकाका रोजगार संयोजक रिसभ काफ्लेको संयोजकत्वमा अनुगमन समितिको गठन गरिएकोहो । समितिमा निजगढ नगर उध्योग वाणिज्य संघका सदस्य दिपेन्द्र श्रेष्ठ,होटल तथा पर्यटन व्यवसायी संघकोका प्रतिनिधि रामकृष्ण घिमिरे,संचारकर्मी गोकुल घोरसईने,कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका सदस्यहरु माला लामा,सावित्री भारती,दुर्गा कोईराला र रवी कुमार बर्तौला रहनुभएकोछ ।
समितिले व्यापार व्यवसाय संचालनको क्रममा आवश्यक मापदण्ड र कार्यविधिको कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल बताउनुभयो । बैठकले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म व्यापार व्यवसाय संचालन गर्न पाउने गरि कार्यविधिमा उल्लेख गर्न सिफारिस गरेकोछ ।