चन्द्रपुर अस्पतालमा कोरोनासंग मिल्दो लक्षण देखिएका एक युवकको मृत्यु

719

रौतहट ६ भाद्र ।
रौतहटको चन्द्रपुर अस्पतालमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका एक ब्यक्तिको शनिबार ४ बजे मृत्यु भएको छ । रौतहटको चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय एक युवकको शनिबार मृत्यु भएको परिवारले जनाएको छ । केही दिनदेखि ज्वरो आउने हराउने हल्का रुघाखाकी लागेका मृतक शनिबार बिहान आफै अस्पताल आउनु भएको थियो । आफ्नो पेट दुखेको भन्दै चन्द्रपुर अस्पताल आएका ति युवकको के का कारणले मृत्यु भएको हो त्यो भने खुल्न सकेको छैन । ज्वरो आउदा माछा र तामा खाएकोले मृत्यु भएको पारिवारिक स्रोतको दावी रहेको छ । बिहान खासै अस्वस्थ नदेखिएका ती ब्यक्तिको अचानक मृत्यु भएपछि स्थानियले कोरोनाको आशंका गरेका छन । उनको कोरोना परिक्षणको लागी स्वाब निकालिने र दाहसंस्कारका लागी पारिवारलाई नै शव पठाउन अस्पतालले जनाएको छ । मृतकको पिसावमा खरावी र टाइफाइट भएको चन्द्रपुर अस्पतालको रिपोर्टमा देखिएको चन्द्रपुर अस्पतालले जनाएको छ । मृतकका दिदि केही दिन अगाडी बैदेशिक रोजगारीबाट घर आएका थिए । उहा चन्द्रपुरमा अबस्थित क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका हुन । मृतक अस्पताल पुगेको केही घण्टामा नै मृत्यु भएपछि चन्द्रनिगाहपुरका स्थानिय त्रसित भएका छन ।