चन्द्रपुर हस्पिटलमा अब भेन्टिलेटर देखी आईसियूसम्मको सुबिधा

1462

चंद्रपुर। रौतहटको चन्द्रपुरमा संचालित निजी क्षेत्रको चन्द्रपुर हस्पिटल प्रालिले भेन्टिलेटर जडान गरेको छ । २४ सै घण्टा ईमर्जेन्सी सेवा दिदै आएको अस्पतालले जिल्लामै पहिलोपटक भेन्टिलेटर,एनआईसियु,आईसियु र सिटी स्क्यान सेवा सुरु गरेको अस्पतालका प्रमुख डा. सुवाष चौधरीले जानकारी दिनुभयो ।

अत्याधुनिक सेवा सरकारी अस्पतालमा समेत नरहेको र कोभिठ १९ को संक्रमण बढ्दै गएका कारण अत्याधुनिक सेवा थप गरेर अत्याधुनीक हस्पिटल बनाउने योजना अनुरुप सेवा बिस्तार गरिएको डा.चौधरीले जनसरोकारलाई बताउनुभयो । करिब ५० लाख लगानीमा जिल्लामै पहिलोपटक यी उपकरणहरु ज्डान गरेर स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल लागिपरेको उहाँको भनाई छ ।