रौतहट । रौतहटमा एकजना दलित युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियाका दलितसमुदायका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको अवस्थामा सब बरामद भएको प्रहरीले जनायको छ। चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शब बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । आइतबार बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको उनले बताए। प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए । अहिले घटना स्थल प्रहरीले सुरक्षीत बनाएर अनुसंधानको जारी रहेको डीएसपी महतोले जानकारी दिए ।