रौतहटमै पिसिआर मेसिन जडान गर्न युवानेता गुप्ताको माग

257

गौर । कोरोना महामारीका कारण देशनै यसको चपेटामा परेको अवस्थामा तीन तहका सरकारको भुमिकामााथी प्रश्न उठ्न थालेको छ । संघ,प्रदेश र स्थानीय सरकारले कोरोना नियन्त्रणका लागी चासो नदिएको आरोप समेत लाग्न लागेको छ । कोरोनाले आक्रान्त बनेका जिल्ला मध्य एक रौतहटमा तीनै तहको सराकारको बिरोध हुन थालेको छ । स्थानीय युवाहरुले सरकार कहाँ छ भन्ने प्रश्न गर्दै बिभिन्न शैलीमा बिरोध जनाउन थालेका छन् । मानवी सूचकांकका पुछारमा रहेको जिल्ला रौतहटमा कोरोनाले समेत पींडा दिईरहेको अवस्थामा यस जिल्लामा कोरोना संक्रमण जाँच्ने मेसिन पीसिआर समेत नहुनु दुर्भाग्य भएको नेपाली कांग्रेसका युवा नेता नितिषि कुमार गुप्ताले बताए ।
कोरोनाका कारण रौतहटमा समेत जोखिम र गम्भीर अवस्थामा पुगेको भन्दै नियन्त्रणका उपायहरु लाइ प्रभावकारीरुपमा कार्यान्वयन गराउन नसक्नुमा तीनै तहका सरकार दोषी रहेको गुप्ताको आरोप छ ।
कोरोना भाईरस केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले टेस्टिङ मेसिन, पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री क्वारेनटिन, आइसोलेसन, भेन्टिलटर जस्ता अति आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्न नसेकेको गुनासो बढेको छ ।
प्रदेश २ को रौतहटमा संक्रमण तीव्र गतिमा फैलिरहेकोले जिल्लामा नै पिसिआर परिक्षण मेशिन उपलव्ध गराउन नेपाली गुप्ताले माग समेत राखेका छन । घरघरमा कोरोनाको टेस्ट गर्न आवश्यकता रहेकोे कांग्रेस रौतहटका युवा नेता गुप्ताको भनाइ छ । नेपाली काग्रेसका युवा नेता नितेश कुमार गुप्ता
यस्तै सामाजीक संजालहरुमा युवा, बिधार्थी लगाएत बिभिन्न पेशा व्यवसायमा रहेकाहरुले रौतहट मै कोराना परिक्षण गर्ने मिशन ल्याउन संघिय , प्रदेश , स्थानिय तह संग आग्रह गरेका छन । समुदाय स्तमा नै कोरानो देखा परेका ले परिक्षणको दायरा बढाउन समेत माग गरीएको छ ।
१८ वटै स्थानिय तहले बजेट व्यवस्थापन गरेर भएपनि पिसिआर मेसिन ल्याउन रौतहट बासीले माग गरेका छन ।