गौर,२५ साउन । हिजो सनिबारबाट रौतहट प्रशाशनले कोरोना भाइरस कोभिड १९ नियन्त्रण गर्न लागु गरेको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ । १५० जनालाई रौतहट प्रहरीले पक्राउ गरी कारवाहीको प्रकृया अगाडी बढाएको जानकारी गराएको छ । पक्राउ परेका माथि संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ । त्यसैगरी निषेधाज्ञाको उलंघन गर्ने १४४ वटा मोटरसाईकल, १९ वटा ट्रक र पिकअप १७ बटा तथा टयाकटर ५ बटा नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । स्थानिय प्रशासन द्धारा जारी भएको निषेधाज्ञा आदेशलाई पालना गराउँने क्रममा सवारी साधन सहित उनीहरुलाई पक्राउ गरिएको हो । कोरोना भइरसबाट हनुे संक्रमणलाई नियन्त्रण गर्न स्थानिय प्रशासनले निषेधाज्ञा अवधी भर जिल्लामा खाधान्न, फलफुल तथा तरकारी, दुध, पानी, इन्धन, औषधि बोकेको मालबाहक सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सवारी साधन ( मोटरसाइकल ) सचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा समय अवधिभर अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन प्रशासनले स्थानियमा अपिल समेत गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने कति परे कारवाहीमा ?
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg