ठप्प रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुले

697
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

काठमान्डौ। ठप्प रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजवाट सञ्चालनको अनुमति दिएको हो ।

अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नुका साथै रेस्टुरेन्ट सेवा पनि सुचारु गरेको होटल संघ नेपालले जनाएको छ । खुला हुने होटलहरुमा स्वास्थ्य सम्बन्धि आवश्यक सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।

पाहुना नआएपनि सकारात्मक सन्देश जाने भएकाले अधिकांश व्यवसायीले आजबाट सेवा सुचारु गर्ने व्यवसायीहरुले बताएका छन । देशभरका पर्यटकीय क्षेत्रका अधिकांश होटलले पनि आजवाट सेवा सुचारु गर्दैछन् ।

लकडाउन हटाएको भएपनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी रहेकाले ग्राहक होटलमा त्यति जाने सम्भावना रहेको छैन । साना र मझौला होटल खुलेपनि ठुला होटल खुल्ने भने निश्चित छैन ।