कृषि विकास बैंकको गौर शाखा कार्यालय अब अत्याधुनिक सुबिधा सहितको शाखा

690
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

दीपक कुमार

गौर , २७ असार । रौतहटको कृषि विकास बैकको शाखाकार्यालय गौर अब अत्याधुनिक सुबिधा सहितको बैंकिङ्ग शाखा हुने भएको छ ।
करिब २ करोडको लागतमा निर्माणाधीन अत्याधुनिक बैंकिङ्ग शाखा कार्यालय गौरको भवनबाट ATM, Locker, E-banking, मोबाइल रिचार्ज, Internet सेवा, VISA कार्ड, ATM VISA लगायत सयकडांै सेवा सुबिधा सेवाग्राहीको लागि प्राप्त हुने कुराको जानकारी शाखा प्रबन्धक तिर्थराज पौडेलले बताएका छन् ।
रौतहटका किसान, ब्यापारी, अपांग मैत्री, महिला उध्यमी, संचार प्रतिष्ठान, शिक्षाक्षेत्र जस्ता क्षेत्रमा गौर शाखाले करोडौंको ऋण प्रवाह गरेको शाखा प्रबन्धक पौडेलले जानकारी दिए ।

रौतहटका यि ऋणिहरुले एउटै स्थानबाट सम्पुर्ण सुबिधा लिन पाउने भएको छ ।
पुर्ण अत्याधुनिक सुबिधा सहितको भवन निर्माण भैसक्नु पर्ने हो, तर कोभिड–१९ को कारण ढिलासुस्ती भएको शाखा प्रबन्धक पौडेल स्विकार्नु हुन्छ । अब चाडैं नै भवन निर्माण भइ यस आर्थिक वर्षमा संचालनमा ल्याउने प्रबन्धक पौडेलको भनाइ रहेको छ ।