“उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार २०७६”बाट साना किसान पुरस्कृत

786

चन्द्रपुर,२० असार । रौतहटको चन्द्रपुर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड पुरस्कृत भएको छ । साना किसानले सहकारी मार्फत सदस्यहरुको विकाषमा उल्लेख्य योगदान पु¥याएकाले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले साना किसानलाई “उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार २०७६”बाट पुरस्कृत गरेको हो । यो बर्ष प्रदेश २ बाट साना किसान पुरस्कारका लागि छानिएको व्यवस्थापक मनोज कुमार चौधरीले जानकारी दिनुभयो । साना किसानले नेपालको सहरकारी अभियानमा सहकारी संघ÷संस्थाको प्रवर्धन एवम् सम्बर्धनका लागि संस्थाहरुको बिच सहकार्य र समन्वय गर्दैउल्लेख्य भुमिका निर्वाह गर्दै आफ्ना शेयर सदस्यहरुको जिवनस्तर उकास्न मुख्य भुमिका निर्वाहा गर्दै आएको छ ।