गौर,११ असार । गौर नगरपालिकाले आफ्नो छैठौं नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख अजय कुमार गुप्तको अध्यक्षतामा सम्पन्न सभामा नगरपालीकाका जनप्रतिनिधि एवम् विभिन्न विषयगत शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सभामा नगरपालिकाको समग्र विकास निर्माण तथा समसामयिक विषयमा छलफल भएको नगरप्रमुख गुप्ताले बताउनुभयो। ‘नगरपालीकाको समग्र विकाशका लागी विभिन्न विषयहरुमा छलफल भएको छ’ नगर प्रमुख गुप्ताले भन्नुभयो ‘नगर सभा कोरोना महामारीका बीच आर्थिक वर्ष २०७७÷०७८ मा रु ४४ करोड ३६ लाख ३२ हजार ४ सय ३२ रुपैया कुल अनुमान गरि उक्त रकमलाई देहायका क्षेत्रगत रुपले विनियोजित अनुसार कुल अनुमानित आयको पुर्वाधार विकास तर्फ ६ करोड ४२ लाख, समाजिक विकास तर्फ २६ करोड ११ लाख २ सय ७१ रुपैया, आर्थिक विकास तर्फ अनुमानित आय १ करोड ५० लाख ५० हजार ५० रुपैया, सुशासन अन्तरसम्बन्धी क्षेत्र तर्फ २ करोड ८ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ८ करोड २४ लाख ८२ हजार १ सय ६१ रुपैया विनियोजित गरेको जानकारी दिनुभयो। नगर सभामा नगरपालिका क्षेत्रको अन्य विकास निर्माण लगायत समसामयिक सवालहरुमा समेत छलफल भएको नगर सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताउनुभयो।
गौरको छैठौ नगर सभा सम्पन्न
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg