रौतहटमा आज बाट लकडाउन थप कडाई गरिदै

423

रौतहट २८ जेठ / केही दिन खुकुलो रहेको लकडाउन रौतहटमा बुधवार बाट कडा पारीएको छ ।
बजार खुलेका थिए, सवारीसाधन निर्वाध चलेका थिए ,मानिसको आवतजावत बढेको थियो ।
सावधानी बिना नै बजार खुल्न थालेपछि संक्रमणको खतरा बढेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका थिए ।
बिहानै देखि अत्यावश्यक पसलहरु मात्र खोल्न दिन र पास भएका सवारी साधनहरु लाई मात्रै चल्न दिनका लागि सुरक्षाकर्मी खटाइएको छ ।
चन्द्रपुर स्थित पुर्वपस्चिम राजमार्ग सुनसान जस्तै देखिएको छ । अनाबश्यक रुपमा घर बाहिर ननिस्कन स्थानिय प्रशासनले सवैलाइ आग्रह गरेको छ ।