पत्रकार महासंघ रौतहटलाई ब्याग सहयोग

498

रौतहट ,२८ जेष्ठ । सामुदायिक शक्ति केन्द्रले बुधबार नेपाल पत्रकार महासंघ रौतहटलाई ५० थान ब्याग सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ लाई प्राप्त ब्याग आफना सदस्य लाई दिईने महासङले जनाएको छ । कोरोना संक्रमणका बेला सूचना तथा खवर संकलनमा खटिएका संचारकर्मिहरुलाइ सहजताको लागि ब्याग सहयोग गरेको सामुदायिक शक्ति केन्द्रका अध्यक्ष मिथिलेश झाले बताउनु भयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गर्दै  कोरोना महामारीको बेला पत्रकारहरुलाइ सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष झाले बताउनु भयो । उहाले आगामी दिनमा पनि सहकार्य जारि राख्ने बताउनु भयो । संचारकर्मिहरुलाइ गरेको सहयोग प्रती धन्यवाद दिदै शाखा सचिव श्रेष्ठले प्राप्त भएका सामग्री महासंघका सदस्यहरुलाई वितरण गरिने जानकारी दिनु भयो ।