संचारकर्मी चुरामणि खनालको राष्ट्रिय गीत “नबिर्साै वीरताको गाथा” सार्वजनिक भएको छ ।
राष्ट्रिय टेलिभिजन एपिवानमा कार्यरत सन्चारकर्मी चुरामणि खनालको शब्द संगीत र खनालकै आवाज साथै मनिका विश्वकर्माको आवाजमा तयार भएको नबिर्साै वीरताकाे गाथा राष्ट्रिय गीत मंगलबार बुढा सुब्बा कम्पनि मार्फत सार्वजनिक भएको हो । गीतमा विशाल नेपाल र नेपाली वीरले देखाएको वीरतामा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ, पृथ्वीले अर्जेको मुलुकमा हामी वीर गोर्खालीका सन्तान स्वाभिमानलाइ रोज्ने छौ र भारतमा गाभिएका भूमि फिर्ता गर्नु नै हाम्रो लागी स्वाभिमान हुनेछ भन्ने संदेश गीतले दिएको छ । पुर्खाले अर्जेको मुलुक कहिले कसैको उपनिवेश र दलदलमा नफसेको र भारतले इतिहासदेखि नै नेपालका भूमिमा हस्तक्षेप गर्दै आएको हुँदा हेपाहा प्रवृत्तिमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको र आफ्नो स्वाभिमानलाइ गुमाउन नहुने गीतले सन्देश दिएको छ । विशाल नेपालमा दार्जिलिङ, सिक्किम, कुमाउ, गडवाल पनि हाम्रै थिए जाहाँ नेपालको क्षेत्रफल अहिलेको नेपालको दोब्बर भन्दा धेरै पूर्वमा टिष्टा देखि शतलज सम्मको विशाल नेपाल भन्ने सन्देश पनि गीतले दिएको छ । चुरामणि खनालले आफ्नो पहिलो गीत नै राष्ट्रिय गीत सार्वजनिक गरेका हुन।