गरुडामा व्यापारीहरुको प्रदर्शन

350

रौतहट,२५ जेठ । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा आईतबार व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
गरुडो नगर उद्योग बणिज्य संघका पदाधिकारी र ब्यापारीहरुले सरकारसंग बिभिन्न माग राख्दै प्रदर्शन गरेको उधोग बाणिज्य संघ गरुडाले जनाएको छ ।
बन्दाबन्दी कारण व्यापार व्यवसाय ठप्प रहेको बेला सरकारले कर तिर्न समयसिमा तोकेपछि उद्योग बणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद जयसवालको नेतृत्वमा व्यापारीहरु प्रदर्शनमा उत्रिएका हुन । उनिहरुले व्यापारीको बैंक ब्याज, ब्यबसाय कर, बिजुली तथा खानेपानी महसूल मिनाहा गर्नु पर्ने माग राख्दै गरुडा बजारमा प्रदर्शन गरिएको ब्यापारी धर्मनाथ जयसवालले जनसरोकारलाई बताए ।