रौतहट २३,जेष्ठ
लकडाउनलाई खुकुलो पार्दै रौतहटमा शुक्रवार देखि आलोपालो प्रणालीमा व्यापार व्यावसाय सञ्चालन गरिने भएको छ । लकडाउनका कारण व्यापार व्यवसाय चौपट हुन थालेपछि त्यसलाई व्यवस्थित पार्नकालागि आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न बिहिवार बसेको सुरक्षा समितिको बैठकले व्यवसाय संचालन गर्नकालागी व्यवस्था मिलाएकोहो ।
बिहिवार बसेको बैठकले जेठ २३ गते शुक्रवार देखि लागु हुनेगरी व्यवसाय सञ्चालन गर्न आलोपालो समय तालिका तोकेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे जानकारी बताउनुभयो । लकडाउनमा व्यापार व्यावसाय बन्द हुँदा व्यापारीहरुले नोक्सानी व्यहोर्नुका साथै उपभोक्तालाई पनि कठिनाइ भएकोले आलोपालो गरेर व्यवसाय गर्न दिईने व्यवस्था गरिएको प्रमुख घिमिरेले बताउनुभयो । व्यवसाय सञ्चालन गर्दा व्यक्ति व्यक्तिहरुबीच पर्याप्त दुरी भने अनिवार्य कायम गर्नुपर्ने उहाले बताउनुभयो ।
समितिले १० बजे देखि ५ बजे सम्म खाधान्न तथा गैर खाधान्न पसलहरु संचालन गर्न पाईने निर्णय गरेकोछ । बैक तथा बितिए संस्था ११ बजे देखि २ बजे सम्म खोल्न दिईने भएको छ । औसधि पसल भने २४ औ घण्टा संचालन गर्न पाउने छ । समितिले जारि गरेको नियम उल्लङ्घन गरेमा संक्रमण रोग , ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने बताईएको छ ।
रौतहटमा शुक्रवार देखि आलोपालो प्रणालीमा व्यापार व्यावसाय गर्न पाउने
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg