अफताव आलमको घरमा प्रहरीको छापा, आलम समर्थक र प्रहरीबीच झडप

472
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

सागर हुमागाई
रौतहट, ९ जेठ । रौतहटको राजपुर स्थित दर्जनौँ व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद मोहम्मद अफताव आलमको रौतहट स्थित घरमा प्रहरीले गएराति छापा मारेको छ ।

अफताव आलमका भाइ महताव आलव घरमा आएको सूचनाको आधारमा उनको घरमा छापा मारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीक कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काका अनुसार सो घटनाका आरोपितमध्ये एक महताव आलव घरमा आएर लुकिछिपी बसेको सुचनाको आधारमा छापा मारिएको हो ।

सो क्रममा आलम समर्थक र प्रहरीबीचमा झडप पनि भएको थियो । झडप नियन्त्रणमा लिने क्रममा १२ राउण्ड हवाइफायर गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनभुयो । खड्का अनुसार आलमको घरमा छापा मार्ने क्रममा आलमका समर्थकले प्रहरीलाई अवरोध गर्ने र आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले प्रतिकार गरेको हो ।

महताव आलमलाई पक्रउ गर्न छापा मारेपनि सो घरमा उनी भने नभेटिएको प्रहरीको भनाइ छ । खड्काले सो क्षेत्रमा प्रहरी गस्ती वलियो पारिएको र उच्च सतर्कताको साथमा निगरानी बढाइएको बताउनुभयो ।
राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन्

प्रथम संविधानसभाको अघिल्लो दिन २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नोपली काँग्रेसका नेता शेख इद्रिसको घरमा बम विस्फोट निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सासंद आलमको संलग्नता रहेको र वम विष्फोटनमा परेर घाइते परेका २३ जनालाई आलमले इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेको थियो । सो विष्फोटनमा परेर सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटनालगतै मृतक त्रिलोक प्रताप सिंह बुबा श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले सासंद मोहम्द आफताब आलम सहित महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोज विरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी पश्चात प्रहरीले अफताव आलमलाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्धा चलाएको थियो । जिल्ला अदालतले शुक्रबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार उनको थुनछेक बहस सकिएपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई गत कार्तिक २९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।