रौतहट प्यावसनको निर्णयःनयाँ शत्रमा पुरानै पाठ्यक्रम, त्रैमासिक परिक्षाको आधारमा अन्तिम परिक्षाफल

311

रौतहट,२८ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याबसन),जिल्ला कार्यसमिति रौतहटले प्रदेश प्याबसनले गरेको निर्णय लागु गर्ने भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेकाले चैत ६ गतेदेखी विद्यालयहरु बन्द रहेको र हालसम्म सुचाररु ह्ुन नसकेकाले विद्यार्थी,अभिभावक,संस्थापक र कर्मचारीहरुमा अन्यौलता उत्पन्न भएको भन्दै बन्दाबन्दीका कारण शैक्षिक सत्र २०७६ को अन्तिम परीक्षा लिन नसकेका निजी विद्यालयहरुले कक्षा नर्सरी देखी ७ कक्षा सम्म र कक्षा ९ को सोही शैक्षिक सत्रमा लिईएको त्रैमासिक परिक्षाको आधारमा अन्तिम परिक्षाफल तयार गरी जेठ ५ सम्म प्रकासित गर्ने र कक्षा ८ को बाँकी परिक्षा स्थानीय तहको समन्वयमा गर्ने निर्णय प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।
साथै,शैक्षिक शत्र २०७७ को लागी कक्षा २ देखी १० कक्षा सम्मको पाठ्क्रम अघिल्लो आर्थिक बर्षकै लागुगर्ने निर्णय प्याबसनले गरेको छ । त्यस्तै प्याबसनले २०७७को नयाँ शैक्षिक सत्रका लागी मिति २०७७/१/२२ को निर्णयअनुसार भर्ना कार्यक्रम नगर्ने निर्णय गरेको छ । अध्यक्ष बिरेन्द्र ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा बन्दाबन्दीको समयमा विद्यार्थीहरुको पढाई,लेखाई यथासम्भव जारी राख्न टिभी,रेडियो तथा अन्य प्रबिधिको प्रयोग गर्ने र कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिने निर्णय प्यावसन रौतहटले जारि गरेको विज्ञप्तीमा जनाईएको छ ।