सभ्य समाज निर्माणमा युवाको भुमिका

609

प्रबिन बोगटि
सभ्य समाज निर्माणमा युवाको निर्णायक भुमिका रहने गर्छ र, ती युवामा असल संस्कृतिको बिजारोपण हुन जरुरी हुन्छ भन्ने हामी ठान्छौ। यस मान्यताको आधारमा हामीले बथान चौडिका अधिकांश युवाहरुलाई असल मार्गमा हिड्न प्रेरित गराउने प्रकारका कार्यक्रमहरु गर्दै आएका छौ र, यहाँसम्म आइपुग्दा सबैभन्दा अद्भुत रुपले विकास भएको क्षेत्र युवा जागरणको लहर नै हो।
दिपावली(२०७६ को पुर्वसन्ध्याको सुअवसर पारेर गएको वर्ष नव(बथानचौडी युवा क्लबले टोल सरसफाइ अभियान सञ्चालन गरेको थियो। मुलतः सरसफाई मानिसको स्वास्थ्य र सभ्यतासँग मौलिक रुपले गासिएको हुन्छ। तसर्थ, समृद्ध र सभ्य समाज निर्माणको मुल पुर्वाधार अन्तर्गत सरसफाइ पहिलो प्राथमिकता हो। र, यसको जगमा उक्त अभियान मार्फत समाजमा सरसफाइ सम्बन्धि नयाँ जागरण पैदा गरिएको थियो।


हाम्रो क्लबले गएको वर्ष देउसी(भैलो कार्यक्रम आयोजना गरेर करिब ६०,००० नगद संकलन गरेको थियो। त्यसपछि देउसी(भैलो कार्यक्रमबाट संकलन गरिएको पैसा हाम्रो बस्ती छेउको भिरालो बनोटको अव्यवस्थित सल्लाघारी चौर सम्याउन लगानी गर्ने निर्णय गरियो। कानुनी प्रक्रिया र मापदण्डहरु पूरा भएपछि भिरालो बनोटको चौर सम्याउने अभियान शुरु भयो। उक्त आयोजनाको सुरुवाती चरणमा केहि स्थानीय जनप्रतिनिधिबाट असहमति तथा असहयोगको स्थिति निर्माण भएको थियो यद्यपि नौजवान युवाले त्यस प्रकारका हस्तक्षेप र धम्की विरुद्ध निरन्तर आवाज उठाएपछि सबै समस्याको निराकरण भएको हो। यस चौरलाई उत्कृष्ट स्वरुप दिने एंव संरक्षण गर्ने प्रयोजनमा हामी आजपनी उहीँ जोशका साथ क्रियाशिल छौ। यो चौरमा कुनै भौतिक संरचना निर्माण गरिनु हुन्न बरु यस्लाई ’ग्रिन पार्क’ को रुपमा स्थापित गरिनु पर्छ भन्ने हाम्रो माग हो। हामीले यश चौरका रुखहरुमा आकर्षक रङ्गहरु लगाएका छौ। अब दुवोरफुलहरु रोप्ने काम बाकी छन।


खेलकुद प्रवर्द्धनका लागी ब्याडमिन्टन कोर्ट निर्माणको प्रक्रिया चल्दै गर्दा दोश्रोपटक पनि धम्की तथा आतंकका केही रुपहरु देखिएका थिए। तल्लो संरचना देखि माथिल्लो तहसम्म कतै हाम्रो न्यायीक सुनुवाइ हुन सकेन। त्यसपछि हामी स्वतन्त्र शक्तिकेन्द्रको सहयोग लिन पुगेका थियौं। र, अब शासकहरुले के बुझ्न जरुरी छ भने इतिहासमा कहिँ पनि हिंसा र दमनको प्रयोगबाट युवालाई पराजित गराउन सकिएको अर्को तागत र तथ्य छैन। विश्व साम्राज्य हाक्ने सम्राटहरुलाई समेत धुलो चटाउने सामर्थ्य राख्ने युवालाई कसैले खेलौनारगुडिया सम्झिनु उस्को अन्त्यको संकेत हो।


कोरोना महाव्याधीले विश्व आक्रान्त भइरहेको बेला नव(बथानचौडी युवा क्लबले भिमान युवा क्लब र लियो क्लब अफ सिन्धुली सिटिको सहयोगमा कोभिड(१९ सम्बन्धी बृहत जनचेतनामुक कार्यक्रम आयोजना गर्यो। यस लगत्तै करिब १२०० घरधुरी रहेको क.न.पा. वडा न. ०९ का प्रत्येक घरधुरीलाई एउटा साबुन, दुईवटा मास्क वितरण गर्ने अभियान सुसम्पन्न गरेको थियो।


कोरोना महाव्याधीले सताइरहेको बेला गरिब, मजदुर तथा असहाय जनताहरु गरिबी र अभावको गम्भीर संकटमा पिल्सिएका छन। वर्तमान परिस्थितिमा निमुखा जनताहरुको दैनिकी झन तनावग्रस्त बन्दै गएको छ। यो दुस्खद घडीमा नव बथानचौडी युवा क्लबले क.न.पा वडा न.९ भित्र राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ। विगतमा सिर्जना भएको अवरोधका कारण रोकिएको हाम्रो अभियान पुनः चालू गरिदै छ। यस्ता अवरोधहरुलाइ स्वभाविक प्रक्रियाको रुपमा आत्मसात गर्दै चुनौतीहरुलाई अवसरको रुपमा नौलो प्रयोग गर्ने गरि तयार भएका छौ।
हाम्रो यसप्रकारको पहल र निरन्तर लगावले युवाबिचको सम्बन्ध र दायित्व दुवैलाई गुणात्मक रुपले बढाई दिएको छ। यसबिचमा हाम्रा अभियानले बुद्धिजीवी वर्ग तथा वरिष्ठ समाजसेवीको चौतर्फी सहयोग र समर्थन प्राप्त गरेको छ। भविष्यमा समेत यी प्रकारका सामाजिक कार्यक्रमहरुलाई नयाँ उचाईमा उठाउन एकताबद्ध प्रयत्नका लागी सम्पुर्ण प्रगतिशील, देशभक्त शक्तिसँग हार्दिक एवं बौद्धिक अनुरोध गर्दछौ।

प्रबिन बोगटि बिध्यार्थी र सामाजीक अभियन्ता हुन् ।