रौतहटमा खाद्यान्न पसल नखुल्ने

1111

गौर,१६ बैशाख । रौतहट जिल्ला प्रशासन कार्यालयले सोमवारबाट थप भएको लकडाउन केही सहज बनाउने निर्णय गरेको भएपनि पुन सो निर्णय लागु हुन नसक्ने जनाएको छ ।
पसल खोल्दा अत्याधिक भिड लाग्ने र लकडाउन कार्यान्वयमा समस्या भएकोले पुरानै व्यवस्था गर्नका लागी निर्देशन भएको छ ।
दैनिक उपभोग्य समान , अत्यावश्यक सामाग्रीहरु बिक्री बितरण गर्न बिहान ११ बजे देखी २ बजे सम्म पसल खुल्ला गर्न दिने निर्णय सोमवार भएको थियो ।
यस्तै जिल्लामा संचालनमा रहेका बिभिन्न अत्यावश्यक बिकास निमार्णका आयोजनाहरु संचालन गर्नका लागी अनुमती दिने समेत निर्णय गरेको छ ।
मंगलवार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा भएको सर्वपक्षिय निर्णयले बिहान ११ बजे देखी २ बजे सम्म व्यक्तिगत दुरी कायम गरी पसलहरु खोल्न दिने निर्णय भएको उपसचिव चेतराज बरालले जानकारी दिनुभएको छ । तर जिल्ला प्रशासन कार्यालयले दिउसो सुचना निकालेर पसल खुल्ला नहुने जनाएको छ ।