सशस्त्र प्रहरीद्धारा गाँंजा बरामद

563

गुजरा,९ बैशाख। लकडाउनको समयमा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । आइतवार साँझ गुजरा नपाको जंगलसैया नजिकै बाट गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गुजरा नगरपालिका ४ जंगलसैया सिम्रीबाट भेसडवा तर्फ नम्बर नखुलको मोटरसाईकलमा आउदै गरेका २ जना अज्ञात व्यक्तिहरुले जिल्लाको बिभिन्न स्थानमा खटीएका सशस्त्र प्रहरीको अनुगमन गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण का रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डमा खटिएको अनुगमन टोली र सशस्त्र प्रहरी बल जंगलसैयाबाट खटिएको सइ सुरेश यादवको गस्तीले गाजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाइ देख्ने बितिकै झोला फ्याकेर मानिस भागेको र झोला चेकजाच गर्दा साढे नौ केजी गाजा फेला परेको सशस्त्र प्रहरी रौतहटका एसपी रविनराज कर्णिजीतले जानकारी दिएका छन ।
बरामद गाजा जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।