रौतहटमा हावाहुरीको बितण्डा(फोटो फिचर)

866

रौतहट,६ बैशाख । शुक्रबार राती आएको असिना सहितको हावाहुरी रौतहटमा करोडौंको क्षती पुगेको छ । जिल्लाको बिभिन्न स्थानमा लगाईएको अन्नबाली नष्ट भएको छ भने धेरै घरमा क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् । कोरोना भाईरसको महामारी खेपीरहेका जनतालाई प्रकृतिले समेत दुख दिएको गरिब,ज्यालादारी र बिपन्न परिवारका सदस्यहरुले बताएका छन् ।


जिल्लाको चन्द्रपुर नगरपालिका,बृन्दावन नगरपालिका,गुजरा नगरपालिका,गरुडा नगरपालिका लगायतका पालिकाहरुमा असिना सहित आएको हावाहुरीले बितण्डा मच्चाएपछि गरिब परिवारहरु झनै बिचल्ल्लीमा परेका छन् । चन्द्रपुर ७ मा रहेको मुसहर बस्तीमा रहेको ६ वटा घरको छानो हावाहुरी उडाइदिएपछि उनिहरु झनै पींडामा परेका छन् ।
केही दिन अघि वडा कार्यालयले बितरण गरेको राहत सामाग्री समेत असिना पानीले भिजाईदिएको उनिहरुले बताएका छन् ।

चंद्रपुर ९ को तस्बिर।


त्यस्तै चन्द्रपुर ८ मा किसानले लगाएको बिघौं बिघाको मकै पुर्ण रुपमा क्षती भएको छ भने अधिकांश खपडा र टायलले छाएका घरहरुको छानोमा क्षती पुगेको छ । जिल्लामा संचालित ईटा उधोगमा समेत करोडौंको क्षती पुगेको संचालकहरुले बताएका छन् ।

चंद्रपुर ७ नागिनटोल को तस्बिर।


जिल्लाको धेरै स्थानमा बिजुली अबरुद्द भएको छ भने पीडितहरु झनै पींडामा बस्न बाध्य भएका छन् । उनीहरुले तीनै तहको सरकारसंग यथासिघ्र राहत दिन आग्रह समेत गरेका छन् ।

चंद्रपुर ७ नयाबस्तीको तस्बिर।