पैदलयात्रु लाइ खाजा खुवाउदै चन्द्रपुरका चालक समुह

275

रौतहट ६ बैसाख
रौतहटको चन्द्रपुर नपा २ का केही चालकहरुले राजमार्गमा हिड्ने पैदल यात्रुलाइ पानी र खाजा खुवाउन थालेका छन । पुर्वपच्छिम राजमार्गमा सयौ किलोमिटर टाढा बाट हिडेर आएका यात्रुहरुलाइ पानी, चिउरा, चाउचाउ खुवाउन थालेको चन्द्रपुर २ बनटोलका राजु परियारले जानकारी दिनुभयो ।
लकडाउनका कारण सवारी साधन नचलेपछि धेरै मानिस हिडेर गन्तव्य तर्फ गइरहेका छन ।
राजमार्गको जुडीवेला जाने चौकमा खाजा खुवाउन थालिएकाहो । जुडीवेला , बनटोल का चाकलहरु मिलेर रकम जम्मा गरी बटुवा लाइ खाजा पानीको व्यवस्था गरेको हो ।