७ नम्बर वडामा औषधी अभाव

1197
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्दपुर। रौतहटको चन्दपुर नगरपालिका वडा नं. ७ मा औषधी अभाव हुन थालेको छ । बनबहुरीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा औषधी अभाव भएपनि स्वास्थ्य सम्बन्धि सेवा लिन आएकाहरु समस्यामा परेका छन् । मौषम परिवर्तनका कारण रुघा,खोकी,ज्वरो,जस्ता रोगहरुको उपचार गराउन आउनेहरु बढ्दै गईरहेको बेलामा प्यारा सिटामोल,एमोक्सिसिलिन,सिट्रिजन,बी कम्प्लेक्स,ओमप्राजोल,साईनेक्स र आईरन चक्की जस्ता औषधी अभाव भएको अहेब बिजय शंकर तिवारीले जानकारी दिए । कोरोना भाईरसको महामारी बढ्दो रुपमा फैलिरहेको अवस्थामा दैनिक ४० देख ६० जना स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका कारण भएको औषधी सकिएको उनले बताए । वडाका वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएको भएपनि औषधी आउन ढिलाई भएको बताए । लकडाउनको बेलामा औषधी अभाव भएपछि वडाका १३ सय बढी घरधुरीका सयौं जनता औषधी पाउनबाट बञ्चित हुन पुगेका छन् ।