रौतहट। रौतहटमा एक युवामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउन अझै कडा पारियको छ। सोमबार बाट पुर्वपस्चिम राजमार्गको धन्सार र बागमती मा नै सुरक्षाकर्मी राखेर आवतजावतमा कडाइ गरीएको हो । अनुमती नभएका सवारीसाधन तथा पैदलयात्रुहरुलाइ आवतजावतमा कडा पार्ने निर्णय भएको छ । यस्तै चन्द्रपुर नपा लगाएतका वडाहरुले बितरण गर्ने राहात बैसाख ३ गते सम्ममा बितरण गरीसक्न निर्देशन भएको छ । आउदो ३ गते भित्र निर्देशीका अनुसार पहिलो चरणको राहत बितरण गरिसक्नु पर्ने निर्णय भएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतराज बरालको संयोजकत्वमा सोमवार बसेको बैठकमा संघिय सांसद देब प्रसाद तिमल्सिना, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, नेकपा जिल्ला ईन्चार्ज युबराज भट्टराई ,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल, सशस्त्र प्रहरी नायब उपरिक्षक सन्तोष बस्नेत, प्रहरी निरिक्षक नितेश कुमार सिह, गढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादब, चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष सुनिल जैयसवाल, महासचिब सुनिल कुमार साह लगाएतको बैठकमा उपस्थिती हरेको थियो ।

चन्द्रपुर नगरक्षेत्रमा अत्याबश्यक सेबा अन्तर्गत पर्ने सबारी साधन, पास लिएका सबारी साधन बाहेक अन्य सबारी साधनको आवातजावतमा पुर्णरुपमा रोक लगाउने, तरकारी तथा फलफुल बितरणको लागि उधोग बाणिज्य संघको सिफारिसमा स्थानीय स्तरमा उत्पादित तरकारी तथा कोल्डस्टोरमा रहेका तरकारी र फलफुल बिक्री बितरण गर्न केही व्यापारी लाइ घरघरमा नै पुर्याउने व्यवस्था मिलाउने निर्णय भएको छ ।