मानव बचाउ अभियानममा चंद्रपुरका युवा

579

सागर हुमागाई

चंद्रपुर२९ चैत्र / बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण नेपाल भरी लकडाउन गरीएको छ । लकडाउनकै कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका दलीत बिपन्न समुदायका परविारको घरमा चुलो निभन्ने अवस्थामा छ । सरकारले राहत दिने भनी घोषना गरे पनि एक साता बिति सक्दा नगरपालिका भने नाम संकलनमै अलमली रहेको छ ।
लकडाउनमा घरमै बसेर बिहान साँझ छाक टार्न मुस्किल भएका गरिब तथा बिपन्न समुदाएका परिवारलाई चन्द्रनिगाहपुरका युवाहरुले खाद्यान्न सामाग्री बितरण गर्नमा जुटेका छन । युवाहरुको समुहले संकलन गरेको दैनिक उपभोग्य खाध्यान्न सामाग्री अति बिपन्न ,दैनिक ज्यालामजदुरि गरेर खाने परिवारका सदस्यहरुलाइ मात्र दिइने युवा समुहका अगुवा मुकेश गिरिले बताए । यो कुनै एक ब्यत्ती,पार्टी र अन्य संघ सस्था ले दिएको भन्दा पनि एक मानव ले अर्को मानव संकटमा परेको बेला सबै युवा मिलेर सहयोग गरेको गिरी ले बताए ।
स्थानीय सरकारको यो कागजी प्रकियाले गर्दा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने गरिब,बिपन्न परिवार भोक भोकै मर्नु पर्ने अवस्था सिर्जना नहोस भनि खाध्यान्न सामाग्री वितरण गरेको समाज सेवी देवराज कार्की ले बताए । उनिहरुले स्थानिय सरकारलाई चाडो भन्दा चाडो राहात सामाग्री बितरण गर्न अनुरोध समेत गरेका छन् ।


विपदको घडीमा पनि स्थानीय सरकारले बिभिन्न प्रकारको कागजपत्र खोज्नु दुःखद भएको नगरबासीहरुको भनाई छ । “लकडाउनको १९ औ दिन भईसक्यो गरिवहरु काम गर्न जान पाको छैन,घरमा चुलो बलेको छैन यो समस्या स्थानीय जनप्रतिनिधिले बुझ्नु पर्दैन” अभियानममा हिडेका कल्याण कार्कीले आक्रोश पोखे ।
जनता मर्कामा परेको भन्दै थोरै भएपनि राहतको लागि आफुले यसको अगुवाई गरेको युवाहरुको भनाई छ ।
५ बर्ष अघि दोलखा बाट रौतहट बेतौना आएकि अनिता बि.क ले कागज नपुगेको कारण राहत पाउने फारम समेत भर्न पाएकी थिईन । उनिले उत्त राहत सामाग्री युवा समुह बाट पाए पछि केही हद सम्म घाउमा मलम लगाउन पाएकी महसुस गरीन् ।
युवाहरुले लकडाउन पिडित परिवारलाई १५० परिवारलाई प्रतिपरिवार १० के.जी चामल ,दाल,नुन,तेल,आलु,सोयाविन,मसला र सावुन वितरण गरेका छन् ।