https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ७ का एक युवाले व्यक्तिगत पहलमा राहत बितरण गरेका छन् । स्थानीय सुवा सन्नी चौधरीले आफ्नो गाउँका दलित, मुस्लिम र थारु समुदायमा रहेका अपाङ्ग, एकल महिला तथा ज्याला मजदुरी गर्ने अती बिपन्न एक सय घर पविारलाई खाद्यान्न वितरण गरेका हुन ।

कोरोना भाइरस कोभिड १९ को माहामारी फैलिन नदिन र रोकथाम गर्नको लागि सरकारले गरेको लकडाउन पालना गर्दा कमाईखाने बर्गलाई समस्या परेका कारण मनकारी चौधरीले गाउँका दलित, मुस्लिम र थारु समुदायमा रहेका अपाङ्ग, एकल महिला तथा ज्याला मजदुरी गर्ने अती बिपन्न परिवारलाई एक सय बोरा चामल र नुन बाँडेका छन । आफुले गरेको सानो सहयोगले कसैको घरको चुल्हो बल्ने भएकाले सहयोग गरेको उनले बताए । उनले बिपदका बेलामा एकजुट भएर समस्याको सामना गर्न सबै अग्रसर हुनुपर्ने उनको भनाई छ ।